नीजि लगानीमा तिलोत्तमाको दरखसहवामा निर्माणाधिन अन्तराष्ट्रियस्तरको एक्स्ट्रा–टेक ओवल क्रिकेट मैदानमा करिब ६० प्रतिशत काम पुरा भएको निर्देशक विनाद कुँवरले बताउनु भएको छ । पाँच वर्ष भित्रमा निर्माण पुरा गर्ने लक्ष्यसहित २०८० जेठ २९ मा शिलान्यास गरिएको क्रिकेट मैदानको काम तिब्र गतिमा भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा निर्देशक कुवँरले २० महिनाको अवधिमा ६० प्रतिशत भन्दा बढी काम भएको र निर्धारित समयमै पूरा हुने आशा गरिएको बताउनु भयो ।
स्टेडियममा फ्लड लाइट जडानको तयारी गरिएको छ । उहाँले फ्लड लाईटका सबै सामग्रीहरु आईपुगेको र अब जडानको काम शुरु हुने उहाँले बताउनु भयो । ‘अबको एक महिनाभित्र फल्ड लाईटपूर्ण रुपमा जडान भई डे, नाईट म्याच खेलाउन सकिने छ । फ्लड लाईट नेपालमै क्रिकेट मैदानमा पहिलो रहेको उहाँले बताउनु भयो । संगसंगै मैदान र अन्य पूर्वाधार निर्माणका काम पनि संगसंगै भईनै रहने उहाँले बताउनु भयो ।

भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्ससहित चार तलाका दुईवटा भवन निर्माण भईरहेको छ । जग्गा बाहेक ४५ करोड रुपैया लागत अनुमान गरिएको मैदानमा करिव ५० पतिशत लगानी भईसकेको पनि उहाँले बताउनु भयो । निमार्णकै क्रममा डिजिटल बोर्ड राख्ने, भिआईपी बिल्डिङको संरचनामा फिचर थप गर्ने जस्ता योजनाका कारण लगानी थप हुनसक्ने उहांले बताउनु भयो ।
एकेडेमी सञ्चालन गरेर स्थानीय युवा खेलाडीलाई प्रोत्साहन मिल्ने छ । अहिले पनि सामान्य खेलहरु नियमित भैरहेको बताउँदै उहाँले अहिले पनि क्यानका अधिकांश गतिविधिहरु भईरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा मैदानका निर्देशक सुर्य कुवँरले गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भैसकेको बताउनु भयो । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । भारतबाट पनि केही क्लब स्तरीय टिम आएर यहाँ आएर खेलेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलगतिविधि र पूर्वाधार विकासमा फड्को मार्दै गर्दा रुपन्देहीमा खेलकुद विधालाई मुख्य बनाएर कलम चलाउने पत्रकारहरुको दक्षता अभिवृद्धिमा समेत जोड दिन जरुरी रहेको बताउनु भयो ।