प्रेस चौतारी रुपन्देहीमा नयाँ नेतृत्व चयन

1.3K

प्रेस चौतारी रुपन्देहीमा नयाँ नेतृत्व चयन

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित हुनु भएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीको सोमबार बुटवलमा सम्पन्न साधारण सभा तथा अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा केशव भण्डारी र वसन्ती आचार्य, सचिवमा विष्णु घिमिरे, सह–सचिव प्रतीक पौडेल र सत्यनारायण मानन्धर तथा कोषाध्यक्ष एलिना आचार्य रहनु भएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरु प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे, प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल र शिशिर पाण्डेलाई चयन गरिएको छ ।