अटोमोवाईल्स व्यवसायीप्रति सरकार अनुदार

1.3K

अटोमोवाईल्स व्यवसायीप्रति सरकार अनुदार

देशमै ठूलो लगानी र रोजगार सृजना गरेको अटो क्षेत्रमा सरकार उदासिन देखिएको व्यवसायीहरुले गुनासो गरेको छन् । देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको अटो क्षेत्र जोगाउने गरि नीति बनाउन उनीहरुले माग गरे ।
अटोमोबाईल एशोसियसन अफ नेपाल र लुम्बिनी अटोमोबाईल्स एशोसिसयन अफ नेपाल (नाडा) का पदाधिकारीहरुबिच भएको अन्तरक्रियामा अटो क्षेत्रमा देखिएका जटिलता हटाउने गरि सरकारसंग संस्थागत पहल गर्न व्यवसायीहरु नेतृत्वलाई आग्रह गरेका हुन् । त्यसअवसरमा अटोमोबाईल एशोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीले बिलासिताको बस्तुबाट हटाएर अटो क्षेत्रलाई उत्पादनशिल क्षेत्रको सूचीमा राख्नुपर्ने बताउनु भयो ।
बजेट सुझावमा प्रत्येक पटक भन्सार घटाउने बिषय पर्ने गरेको भएपनि त्यो सुनुवाई नभएको उल्लेख गर्दै उहाँले उत्पादनशिल क्षेत्रमा राखिएमा स्वत यो सहि दिशामा जाने बताउनु भयो ।
एउटा आयातकर्ता शोरुम बनाउदा मोटोटी ८, ९ करोड रुपैया खर्च हुने र देशमा रहेका ५ सयभन्दा बढि शोरुममा हजार करोड रुपैया बढी लगानी रहेको उनले बताए । हाल प्रत्येक्ष २७ सय बढी ब्यवसायीहरुले १ लाख युवाहरुलाई रोजगार दिन दिईएको र अप्रत्येक्ष रुपमा १० लाख बढीले रोजगारी पाएको उहाँको दावी छ ।
सरकारको नीति नै विधुतिकरणमा रहेको हुदा पनि त्यसमा आकर्षण र माग रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी अटोमोबाईल्स एशोसिसयन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले कुल राजश्वमा २१ प्रतिशत योगदान दिएको अटो क्षेत्रप्रति सरकारको दृष्टिकोण फरक रहेको बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उपाध्यक्ष नरेन्द्र वलीले केन्द्र र प्रदेश बिच अन्तरक्रिया कार्यक्रम गरिएको र ठूला लगानी र योगदान दिएको क्षेत्रप्रति राज्य अनुदार बनेको आरोप लगाउनु भयो ।
कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासंघका महासचिव सुरेन्द्र कुमार उप्रेतीले संस्थागत र ब्यक्तिगत दक्षता विकासमा लाग्नु सुझाव दिदै ब्यवसायलाई मर्यादित बनाउने गरि लाग्न सुझाव दिनुभयो ।