बुटवलमा शनिबारदेखि महिला भलिवल प्रतियोगिता

1.3K

बुटवलमा शनिबारदेखि महिला भलिवल प्रतियोगिता

बुटवलमा शनिबारदेखि जीपी कोईराला महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसको अवसरमा जीपी कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीले १३ औं संस्करणको महिला भलिवल प्रतियोगिता आयोजना गरिएको विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितामा करिव १७ विद्यालयका छात्राहरुको टिम सहभागि हुने प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी गराउनु भयो ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतिष्ठानका सदस्य तथा प्रतियोगिताका संयोजक बाबुराम विकले जानकारी गराउनु भयो । उहाँका अनुसार उत्कृष्ट खेलाडि र अनुशासित खेलाडिलाई पनि १ हजार ५ सय नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई छुट्टा छुट्टै पोलमा राखेर खेलाईने छ । स्वास्थ्य र राष्ट्रका लागि खेलिने खेलकुदका विधा अन्तरगत राष्ट्रिय खेल भलिबलमा विद्यालयहरुको सहभागिता बढाउनको लागि सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई छुट्टा छुट्टै पोलबाट खेलाउन लागिएको खेलका प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।