प्रभु स्टील्सले माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा २० प्रतिशत लगानी गर्ने

1.3K

प्रभु स्टील्सले माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा २० प्रतिशत लगानी गर्ने

म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा रहेको धौलागिरी गाउँपालिका वडा नं. ४ मा अवस्थित काली गण्डकी नदीको मूख्य सहायक खोलाहरु मध्ये धौलागिरी हिमाल मूख्य उद्गम स्थल रहेको म्याग्दी खोलामा निर्माण गरिने “माथिल्लो म्याग्दी जलविद्युत आयोजना ३७ मेघावाट”मा प्रभु ग्रुप्स अन्र्तगतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले २० प्रतिशत स्वामीत्व लिई रु. ४५ करोड भन्दा बढी लगानी गर्ने भएको छ ।
हाइड्रो इम्पाएर प्रा.लि. मार्पmत निर्माण गरिने सो परियोजनामा स्वपूँजी लगानी गर्ने सम्बन्धी काठमाण्डौको ईन्द्रणी होटलमा एक समारोहका बीच हाइड्रो इम्पाएर प्रा.लि.का अध्यक्ष काजी लामा र प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडका अध्यक्ष भोजकुमार खड्काले संयुक्त रुपमा हस्ताक्षर गरी आयोजना निर्माण गर्ने उद्देश्यले सो सम्झौता गर्नुभएको हो । यस आयोजनाको निर्माणले नेपाल सरकारले राखेको जलविद्युत क्षेत्रको विकासको लक्ष्य पुरा गर्न विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।
यस अघि सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा एभरेष्ट बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र नबिल बैंक गरी ५ वटै बैंकको सह–वित्तीयकरणमा माथिल्लो म्याग्दी जलविद्युत आयोजना ३७ मेघावाटमा रु. ५ अर्व ऋण लगानी गर्ने गरी सम्झौता यही पुस १ गते सम्पन्न गरि सकिएको छ ।
यो आयोजनाको लागत रु. ७६३ करोड हुनेछ । भने यस आयोजनाको २०८३ चैत मसान्तमा निर्माण सम्पन्न हुनेछ । प्रवद्र्धकहरुले रु २३० करोड लगानी गर्नेछन् । यस प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको सार्वजनिक शेयर (आईपिओ) निस्कासनका लागि सम्पूर्ण कार्य गर्न गत मंसीर २६ गते कम्पनी र कुमारी क्यापिटल बीच सम्झौता भएको छ । यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्बको छ । यस कम्पनीले आईपिओ निष्कासनपछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ । यो कम्पनी विगत २ वर्षदेखि निरन्तर सञ्चालन मुनाफामा रहेको कम्पनीले जनाएको छ । कम्पनीले हाल हकप्रद शेयर जारी गरेको छ सो शेयरमा आवेदन दिन चाहनुहुने शेयरधनीहरुले कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा. ३२, तिनकुने, काठमाडौंमा कार्यालय समयमा सम्पर्क गरी हकप्रद शेयरका लागि यहि फागुन २८ गतेका दिनसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।