देशभर माैषम बदली : काेशी र गणडकीमा चट्याङ् सहित वर्षाकाे सम्भावना

1.3K

देशभर माैषम बदली : काेशी र गणडकीमा चट्याङ् सहित वर्षाकाे सम्भावना

काेशी र गणडकी प्रदेशमा चट्याङ् सहित वर्षाकाे सम्भावना देखिएकाे छ । माैषम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको हाे । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शनिबार पनि देशभर मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।