आज विश्व राेटरी डे : विभिन्न कार्यक्रम गरी मनाईँदै

1.3K

आज विश्व राेटरी डे : विभिन्न कार्यक्रम गरी मनाईँदै

आज २३ फेब्रुअरी, अर्थात् विश्व राेटरी डे । अर्थात राेटरीकाे स्थापना दिवस । स्थापना दिवसकाे अवसरमा यस क्षेत्रका राेटरी क्लवहरुले बिविध कार्यक्रम गरि मनाउदै छन् ।
रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल-भुटान रिजन ५ अन्तरगतका रोटरी क्लबहरुले रोटरी दिवस सामुहिक रुपमा मनाउन लागेका हुन् । रिजन ५ अन्तरगतका ३७ क्लबहरुको आयोजनामा आज सम्पदा वाक हेरिटेज राईड तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएकाे हाे ।
यस विषयमा जानकारी गराउन शनिबार बुटवलमा गरिएकाे पत्रकार सम्मेलनमा कार्यक्रम संयाेजक तथा रोटरी क्लब अफ सिद्धार्थ लुम्बिनीका अध्यक्ष ओम जैसीले राेटरीकाे एउटा राम्राे सन्देश दिनका लागि पनि संयुक्त कार्यक्रम गर्न लागिएकाे बताउनु भयाे ।
उहाँले समाजसेवाको मुलमन्त्र बोकेको रोटरी भाईचारा र नेतृत्व विकास गर्न मद्यत मिल्ने गरि काम गर्दै आएको बताउदै समुदायस्तरमा सचेतनामुलक कार्यक्रम, शिक्षाका परियोजना, स्वस्थ्य परियोजना र खानेपानीका धेरै कामहरु गरिएकाे बताउनु भयाे ।
बुटवलमा रोटरीमार्फत गौतमबुद्ध मुटु अस्पताल स्थापना गरेर धेरै बिरामीहरुको सेवा गर्न सफल भएको भन्दै उहाँले मृगौला बिरामीलाई डालोसिस र मुटु बिरामीलाई क्याथ ल्याब जस्ता सुविधाहरु दिन सफल रहेको भनाई राख्नुभयाे ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले समुदायमा रोटरीको आफ्नो छुटटै पहिचान रहेको बताउनु भयाे । रिजन ५ अन्तरगत रहेका ३७ क्लबहरुको संयुक्त आयोजनामा आईतबार बिहान गणेशथानदेखि जितगढीसम्म हेरिटेड राईड कार्यक्रम गर्ने तयारी गरिएकाे छ । रोटरी क्लबहरुबिचमा रहेको एकतामार्फत संस्कृति जर्गेनाको सन्देश दिने गरि कार्यक्रम गर्न लागिएकाे उहाँले बताउनु भयाे ।
रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष शिव ज्ञवालीले यस क्षेत्रका रोटरी क्लवबाट नमुना सामुहिक परियोजना ल्याउन सफल भएको भन्दै शिक्षा र स्वस्थ्यको क्षेत्रमा नेपालमै उत्कृष्ट काम भएको बताउनु भयाे । ग्रामिण क्षेत्रका महिलालाई सशक्तिकरण गर्ने गरि आयमुलक तालिम गरिएकाे बताउनु भयाे ।
रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष प्रमोद पन्थीका अनुसार रोटरी भिलेज घोषणा गरि त्यो क्षेत्रका नागरिकको शिक्षा, स्वस्थ्य र जिवनस्तर सुधार गर्नेसम्मका काम गर्दै आईएको छ ।
कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवलका अध्यक्ष विजय खनाल, रोटरी क्लब अफ बुुटवल सेन्ट्रल बुटवलका अध्यक्ष दिनेश रेग्मीले बालबालिका र मातृत्वमा समेत योगदान दिदै आएको बताउनु भयाे ।