शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले स्थापना गरेको शाइन आर्थिक पत्रकारिता पुरस्कार बुटवलका पत्रकार दामोदर खनाललाई प्रदान गरिएको छ । बैंकको १७ औं स्थापना दिवसको अवसरमा उक्त पुरस्कार एभिन्यूज टेलिभिजनमा कार्यरत बुटवलका पत्रकार खनालाई प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले गरेको सिफारिसका आधारमा उहाँलाई ५० हजार १११ रुपैंया राशीको उक्त पुरस्कार प्रदान गरिएको बैंकका अध्यक्ष थानेश्वर पौडेलले जानकारी गराउनु भयो । नेपाल पत्रकार महासंघले गठन गरेको डा. बाबुराम ज्ञवाली संयोजक रहेको समितिले उहाँलाई छनौट गरेको थियो ।

त्यससंगै बैंकले बैंकका उत्कृष्ट शाखाहरुलाई पनि सम्मान गरेको छ । बैंकको ए क्याटागोरिबाट बर्दियाको करनीया शाखा, बि क्याटागोरीबाट रुपन्देहीको सुर्यपुरा शाखा, सी क्याटागोरीबाट गुल्मीको खैरेनी र प्युठानको विजुवार शाखा तथा डि क्याटागोरीबाट रुपन्देहीको योगिकुटी शाखालाई प्रशसापत्र सहित सम्मान गरिएको हो । उनीहरुलाई बैंकका अध्यक्ष थानेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल लगायतले सम्मान गर्नुभएको हो ।