आज शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले २ बजेर ५१ मिनेटमा ६.१ रेक्टर स्केलकाे भूकम्प गएको जनाएकाे छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत महसुस गरिएको थियो ।
भूकम्पका कारण के कति क्षती भयाे या भएन अहिले सम्म केही विवरण आएको छैन ।