कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रूपन्देहीले यहीँ फागुन अन्तिम साता ‘बिजनेश कस्टमर समिट’ गर्ने भएको छ । प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति बनाउनेहरुलाई लक्षित गरेर फागुन २६ र २७ गते समिट गर्न लागिएको हो । मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्यान, रूपन्देहीका अध्यक्ष जीवन अधिकारीले सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा समिटमा जानकारी गराइने बताउनु भयो ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक संयोजक वीरबहादुर क्षेत्रीले विगतमा क्यान इन्फोटेक गर्दै आएकोमा अहिले नयाँखालको कार्यक्रम ल्याईएको बताउनु भयो । उहाँका अनुसार अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिको विषयमा जानकारी दिईने छ ।
क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले ब्रान्ड लक्षित कार्यक्रमलाई यो प्रदशर्नीमा ध्यान दिइएको बताउनु भयो । आइटिको चासो राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेको तर यसमा आर्थिक कारोबारको कुनै लक्ष्य नरहेको उहाँले बताउनु भयो । विद्यार्थी र स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखलाई कार्यक्रममा प्राथामिकता दिइएको छ ।