सैनामैना गोल्डकप : फाईनलमा अभिषेक चर्च रजहर र कपिलवस्तु-११ भिड्दै

1.3K

सैनामैना गोल्डकप : फाईनलमा अभिषेक चर्च रजहर र कपिलवस्तु-११ भिड्दै

सैनामैना गाेल्डकप फूटवल प्रतियाेगिताकाे फाईनलमा अभिषेक चर्च रजहर र कपिलवस्तु ११ भिड्ने भएका छन् । सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगितामा पहिलाे सेमिफाईनलबाट अभिषेक चर्च रजहर र दाेस्राे सेमिफाईनलबाट कपिलवस्तु ११ फाईनलमा पुगेका हुन् ।
फाईनल प्रतिस्पर्धा यही फागुन २८ गते हुनेछ । मुर्गिया फुटवल क्लवको आयोजनामा भएकाे प्रतियाेगितामा उपाधि विजेतालाई ७ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई ४ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियाेगितामा १० टिमले प्रतिस्पर्धा गरेका थिए ।