प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा प्रचण्डकाे जाेड

1.3K

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा प्रचण्डकाे जाेड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डालाई पुनः अगाडि बढाइएको बताउनु भएकाे छ ।
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारले संविधान संशोधनको विषय अगाडि बढाएसँगै आफूहरूले संविधान सभामै राखेको एजेण्डलाई पुनः अगाडि सारिएकाे बताउनु भएकाे हाे । ‘अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु हो,’ प्रचण्डले भने, ‘पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो हुने छैन ।’
जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताउदै उहाँले संविधानमा उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरिएको बताउनु भयाे । ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ ।’
प्रतिगामी तत्वहरू व्यवस्थामाथि धावा बोल्न खोज्दै गरेकाे पनि उहाँले बताउनु भयाे । भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेको भन्दै उहाँले सबैखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारीबाट बिचलित नहुने बताउनुभयाे ।
सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर राजावादीहरू समेत सलबलाएको उहाँले बताउनु भयाे ।