प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उपाधी कपिलवस्तु ११ ले हातपारेकाे छ ।
बुधबार सैनामैनाको मुर्गिया स्थित रंगशालामा भएको फाईनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उपाधी हातपारेकाे हो ।
पहिलो हाफ बराबरी खेलेका दुवै टिम खेलको दोश्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का जर्सी नम्बर १० का खेलाडी मोहम्मदले डि बक्समा पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गरेसंगै कपिलबस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधी बिजेता बन्न सफल भएको छ ।
१० दिनसम्म चलेको उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उपाधी बिजेता कपिलवस्तु ११ ले ७ लाख रुपैया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तै उपविजेतामा समेटिएका अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
प्रतियोगिता समापनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले खेल प्रतियोगिता आयोजना गरेर मुर्गिया फुटवल क्लवले खेल क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताउनु भयाे ।