उपत्यका बाहिर बुटवलमा डिडिसिको ‘प्रोबायोटिक दही’ उत्पादन : मोही उत्पादनको तयारी

1.3K

उपत्यका बाहिर बुटवलमा डिडिसिको ‘प्रोबायोटिक दही’ उत्पादन : मोही उत्पादनको तयारी

दुग्ध विकास संस्थान (डिडिसि)ले उपत्यका बाहिर बुटवलमा ‘प्रोबायोटिक दही’ उत्पादन सुरु गरेको छ । नेपाल दुग्ध विकास संस्थान अन्तरगतको लुम्बिनी दुग्ध वितरण आयोजनाले स्वास्थ्य वर्दक प्रोबायोटिक दही उत्पादन सुरु गरेको हो ।
यहि माघ महिनादेखि सुरु गरिएको प्रोबायोटिक दहीले मानव शरीरको आन्द्रामा भएका बिकार (नराम्रा व्याक्टिेरिया) हटाउने र राम्रो व्याक्टेरिया बढाउन मद्धत गर्ने लुम्बिनी दुग्ध वितरण आयोजनाका निमिक्त आयोजना प्रमुख कृष्णप्रसाद अर्यालले बताउनु भयो । उहाँका अनुसार यसले शरीरको पाचन शक्ति बढाउँछ, झाडा पखालाका बिरामीलाई समेत राम्रो गर्छ । त्यस्तै पेट फुलिने समस्यालाई पनि राम्रो गर्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
लुम्बिनी दुग्ध वितरण आयोजनाले सुरुमा कपमा उत्पादन गरेको छ । यसलाई एक कपको ५० रुपैंयामा बिक्रि वितरण गरिएको छ । दैनिक २ सय कप उत्पादन गरिएको र सबै खपत भईरहेको पनि निमिक्त आयोजना प्रमुख अर्यालले बताउनु भयो ।
त्यसैगरी लुम्बिनी दुग्ध वितरण आयोजनाले अब छिटै मोही उत्पादनको तयारी गरेको छ । गर्मी सिजन सुरु हुनै लाग्दा मोही उत्पादन सुरु गर्न लागिएको हो । तत्काल ३ सय एमएलमा र त्यसपछि ९ सय एमएलका बोटलमा बजारमा ल्याउन लागिएको उहाँले बताउनु भयो । त्यस्तै २ सय एमएलको घ्यू पनि ल्याउने तयारी गरिएको छ । अर्यालका अनुसार अहिलेसम्म डिडिसिले ५ सय एमएल र १ हजार एमएलका पाउच तथा बट्टामा घ्यूउ उत्पादन तथा बजारीकरण गर्दै आएको छ । डिडिसिले नयाँ २ सय एमएलमा बजारमा घ्यूउ ल्याउन लागेको हो । उहाँका अनुसार नयाँ प्रोडक्ट उत्पादन प्रकृयामा रहेको र अब छिट्टै उत्पादन गरिने छ ।
निमिक्त आयोजना प्रमुख अर्यालका अनुसार लुम्बिनी दुग्ध वितरण आयोजना मातहत नवलपरासी पूर्वको प्रगतिनगर, नवलपरासी पश्चिमको सुनवल, बासा, रुपन्देहीको मणिग्राम, अमुवा, कपिलबस्तुको चन्द्राटा र गुल्मीको बलेटक्सारमा चिस्यानकेन्द्र रहेका छन् । त्यस्तै रुपन्देही सहित कपिलबस्तु, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, पाल्पा र गुल्मीबाट दुध संकलन गर्दै आएको छ ।
दुधको उत्पादन बढी हुने सिजनमा (असोजदेखि चैत महिनासम्म) दैनिक १५ हजार लिटर दुध संकलन हुँदै आएको छ भने खपत ५ हजार लिटर रहेको उहाँले बताउनु भयो । यो सिजनमा खपत भएको भन्दा बढी १० हजार लिटर दुधको पाउडर तथा मखन उत्पादन गर्ने गरिएको छ । दुधको खपत कम हुने सिजन बैशाखदेखि भदौसम्म दैनिक अधिकतम ५ हजार लिटर मात्रै संकलन हुँदै आएको छ । यो सिजनमा दुधको माग अझै धेरै हुने गरेको उहाँले बताउनु भयो ।
त्यस बाहेक पनि आयोजनाले विक्रि वितरणका लागि स्याङजा, पोखरा, दमौली, मुग्लिन, नारायणगढसम्म साप्ताहिक रुपमा गाडि पठाउँदै आएको र अब यसलाई दुध सहित दैनिक पठाउने तयारी भईहरको उहाँले जानकारी गराउनु भयो ।