विवादका कारण रुपन्देहीका सात क्याम्पसमा स्ववियुको निर्वाचन हुन सकेन

1.3K

विवादका कारण रुपन्देहीका सात क्याम्पसमा स्ववियुको निर्वाचन हुन सकेन

रुपन्देहीका ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने रुपन्देहीका १२ मध्ये सात वटा क्याम्पसमा विवादका कारण निर्वाचन रोकिएको हो ।
यस क्षेत्रकै सबैभन्दा पुरानो र ठूलो क्याम्पस बुटवल बहुमुखि क्याम्पसमा नेपाल विद्यार्थी संघ सहितका सात वटा संगठनले तालाबन्दि गरिदिएका छन् । त्यस्तै सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, भैरहवा बहुमुखि क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, राममणि बहुमुखि क्याम्पस, सरस्वती सस्कृत क्याम्पसमा पनि निर्वाचन हुन सकेन ।
त्यसबाहेक आज ४ वटा क्याम्पसमा निर्वाचन भईरहेको छ । भने एउटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
निर्वाचन भएका क्याम्पस मध्ये दयानगर छपियाको लिलाधर जनता कजेलमा दिउँसो १ बजे मतदान सकिएको छ । त्यस्तै सैनामैनाको शहिद नारायण पोखरेल रामापुर क्याम्पस, कञ्चनको हरैया बहुमुखि क्याम्पस र सुद्धोधनको यज्ञोदय दुधनाथ थारु बहुमुखि क्याम्पसमा निर्वाचन भईरहेको नेपाल विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले जानकारी दिनुभयो ।
देवदहको देवदहको देवदह आदर्श बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उक्त क्याम्पसमा स्ववियुको नेतृत्व अनेरास्ववियुले लिएको छ भने नेविसंघले उपाध्यक्ष र कोषाध्यक्ष तथा सचिव अखिल क्रान्तिकारीले लिएको छ ।