बुटवल ब्याडमिन्टन क्लवद्वारा आयोजना गरिएको तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबलको उपाधी ए.पी.एफको पोल्टामा परेको छ । शनिबार सम्पन्न फाईनल प्रतिस्पर्धामा मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ.कै क्षितिज खनाललाई हराउदै उपाधी चुमेका हुन् ।
त्यस्तै मेन्स सिंगल तर्फ आर्मीका हिमाल चन्द र ए.पि.एफ.का देवराज राना तृतिय भएका छन् । त्यस्तै मेन्स डबल तर्फ ए.पि.एफ.का भोज बहादुर गुरुङ्ग र प्रनिश सिंह ठकुरीले उपाधी जितेका छन् । उनीहरुले लाफा ब्याडमिन्टन क्लवका बलराम क्षेत्री र विवेक न्यौपानेलाई हराउदै उपाधी चुनेको हुन् । मेन्स डबल तर्फको तृतिय आर्मीका प्रविन लिङ्गथेप र विधान अधिकारी तथा हिमाल चन्द र सन्तोष पनेरु भएका छन् ।
भेट्रान्स ४५ वर्ष माथीको खेलमा लाफा ब्याडमिन्टन क्लवका राजु गुरुङ्ग र सुदिप योञ्जनको टिमले तिलोत्तमा ब्याडमिन्टन क्लवका बुद्धि चौधरी र डिल बहादुर कन्डवालाई हराउदै उपाधी रक्षा गरेको हुन् । प्रतियोगितामा न्यू लम्बिनी क्लवका बलराम पन्थी र खगेन्द्र तथा तण्डेरी ब्याडमिन्टन क्लवका प्रेम गुरुङ्ग र विष्णु लाल श्रेष्ठ तृतिय भएका छन् ।
त्यस्तै सुपर भेट्रान्स ५५ वर्ष माथीकोमा अनिल लाखे र शम्भुकुमार श्रेष्ठले कास्कीका राजु गुप्ता र राजेन्द्र वागलेलाई हराउदै उपाधी चुनेको हुन् । प्रतियोगितामा बुटवल ब्याडमिन्टन क्लवका दिलिप गौचन र महेश नेपाल तथा पि.एस.बि.सी.का रवी होना र इन्द्र थापाको टिम तृतीय भएका छन् ।
प्रतियोगिताको मास्टर भेट्रान्स ६० वर्ष माथीकोमा तण्डेरी ब्याडमिन्टन क्लवका प्रेमप्रसाद गुरुङ्ग र विष्णुलाल श्रेष्ठको जोडीले तण्डेरी ब्याडमिन्टन क्लवका डिल पुन र श्यामकृष्ण श्रेष्ठलाई हराउदै उपाधी जिते । प्रतियोगितामा काठमाण्डौँका पूर्णचन्द्र जोशी र सुरेशचन्द्र श्रेष्ठ तथा भैरहवाका गणेश क्षेत्री र महेन्द्र श्रेष्ठको जोडी तृतिय भएका छन् ।
प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबलतर्फ विजेता उपविजेता र तृतीय हुनेले कमशः ५० हजार, ३० हजार र १० हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् । भेट्रान्स ४५ वर्ष माथीकोमा विजेता, उपविजेता र तृतीय हुनेले कमशः ४० हजार, ३० हजार र १० हजार नगद सहित मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन् ।
सुपर भेट्रान्स ५५ वर्ष माथीकोमा विजेता उप विजेता र तृतीय हुनेले कमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । मास्टर भेट्रान्स ६० वर्ष माथीकोमा विजेता उपविजेता र तृतीय हुनेले कमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित मेडल प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजेता तथा उपविजेतालाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, क्लवका अध्यक्ष पंकज ज्ञवाली, कार्यक्रम संयोजक शम्भ भट्टराई, सह संयोजक बालदर गोदार, सचिव भानुभक्त खत्री, कोषाध्यक्ष राजु खरेल क्लवका पूर्व अध्यक्षहरु लगायतको उपस्थितीमा पुरस्कार वितरण गरिएको छ ।