सहिद यादवनाथ आलाेककाे स्मृतिमा तिलाेत्तमामा फूटशल प्रतियाेगिता गरिदै

1.3K

सहिद यादवनाथ आलाेककाे स्मृतिमा तिलाेत्तमामा फूटशल प्रतियाेगिता गरिदै

सहिद यादवनाथ आलाेककाे स्मृतिमा रुपन्देहीकाे तिलाेत्तमामा फूटशल प्रतियाेगिता आयाेजना गरिएकाे छ । सहिद यादवनाथ आलाेक स्मृति केन्द्र र नेपाल तरुण दल तिलाेत्तमा नगर समितिकाे आयाेजनामा सहिद यादवनाथ आलाेककाे ४१ ओैं स्मिति दिवसकाे अवसरमा बिहिबार र शुक्रबार तेस्राे फूटशल प्रतियाेगिता गर्न लागिएकाे मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे हाे ।
प्रतियाेगिगामा तिलाेत्तमा नगरपालिकाका १७ वटै वडाबाट तरुणदलले नेतृत्व गरेर टिम ल्याउनेछ । प्रतियाेगितामा प्रथम हुने टिमलाई ३० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियाेगिताका संयाेजक तथा नेपाल तरुण दल तिलाेत्तमाका कार्यवाहक अध्यक्ष हाेम पाैडेलले जानकारी गराउनु भयाे ।
त्यसैगरी दाेस्राे हुनेलाई १५ हजार रुपैया नगद पुरस्कार सहत शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियाेगितामा विधागत रुपमा उत्कृट खेलाडि, उत्कृष्ट गाेलकर्ता र उत्कृष्ट गाेलरक्षक गरि ३ जना खेलाडिलाई पनि जनही १ हजार ५ सय रुपैया नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा सहिद यादवनाथ आलाेक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालले सहिदकाे सम्मान र उनीहरुलाई चिरस्थाई राख्नका लागि प्रतियाेगिताकाे आयाेजना गरिएकाे बताउनु भयाे । उहाँले प्रतियाेगितामा साथ सहयाेग गर्नका लागि पनि सबैलाई आग्रह गर्नुभयाे ।
त्यसैगरी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले सहिदका नाममा गरिने खेलकुदका कार्यक्रमले खेलाडिकाे स्वास्थ्य जीवनसंगै सहिदलाई सदाका लागि चिरस्थायी राख्न याेगदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे । उहाले कार्यक्रमलाई निरन्तरता दिनकाे लागि पनि आग्रह गर्नुभयाे ।
त्यस अवसरमा सहिद पुत्री विना न्याैपाने, नेपाल तरुण दल रुपन्देहीका पूर्व अध्यक्ष चिरञ्जीवी पाैडेल, सहिद यादवनाथ आलाेक स्मृति केन्द्रका सचिव अमृत भट्टराई, अर्जुन क्षेत्री हापु लगायतले भनाई राख्नु भएकाे थियाे ।