कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

1.3K

कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना देखिएको छ ।
मौषम पूर्वानुमान महाशाखाले आईतबार बिहान २४ घण्टाको पूर्वानुमान बुलेटिन जारी गर्दै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जानकारी गराएको हो ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ ।