देशभर वर्षा : शनिबारसम्म पानी पर्ने पूर्वानुमान

1.3K

देशभर वर्षा : शनिबारसम्म पानी पर्ने पूर्वानुमान

गएकाे २४ घण्टामा देशका धेरै स्थानमा वर्षा भएकाे छ भने आगामी २४ घण्टामा पनि देशका अधिकांश स्थानमा वर्षाकाे सम्भावना देखिएकाे माैषम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार अहिले पनि कतिपय स्थानमा वर्षा भईरहेकाे छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जसले हल्कादेखि भारी वर्षा गराउँछ ।
आज देशभर साधारणतया देखि पुर्णतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेका माैषम पूर्वानुमान वुलेटिनमा उल्लेख छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सी शनिबारसम्मै पानी पर्ने सम्भावना छ ।