‘राेटरीले डाेनेशनभन्दा दशाै गुणा नेपालका परियाेजनामा लगानी गरेकाे छ’

1.3K

‘राेटरीले डाेनेशनभन्दा दशाै गुणा नेपालका परियाेजनामा लगानी गरेकाे छ’

राेटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले नेपालबाट राेटरी इन्टरनेशनलमा गरेकाे डाेनेशन भन्दा १० गुणा बढी राेटरी इन्टरनेशनलले नेपालका विभिन्न परियाेजनामा लगानी गरेकाे बताउनु भएकाे छ । राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीकाे मंगलबार डिष्ट्रिक गभर्नर अफिसियल भिजिट कार्यक्रममा बाेल्दै उहाँले पछिल्लाे ४ वर्षमा नेपालबाट गरेकाे डाेनेशन भन्दा १० गुणा बढी नेपालका विभिन्न परियाेजनामा लगानी भएकाे जानकारी गराउनु भएकाे हाे ।
उहाँका अनुसार पछिल्लाे ४ वर्षमा नेपालबाट राेटरी इन्टरनेशनलमा १० लाख डलर डाेनेशन भएकाे छ भने राेटरी इन्टरनेशनलले नेपालका विभिन्न परियाेजनामा १ कराेड डलर भन्दा बढी लगानी गरेकाे छ । उहाँले नेपालबाट भएकाे डाेनेशनमा थपेर नेपालकै विभिन्न परियाेजनामा लगानी हुने भएकाले पुँजी पलायन हुन्छकी भन्ने चिन्ता नलिन आग्रह गर्दै सदस्यता अभिबृद्धिमा जाेड दिनुभयाे ।
त्यस अवसरमा डिष्ट्रक गभर्नर शेरचनले क्लवले सिग्नेचर प्राेजेक्ट अन्तरगत याे वर्ष रंगराेगन गरेकाे बुटवल ११ काे सहिद स्मृति आधारभूत विद्यालय तथा क्लवकाे सहकार्यमा मर्तत सम्भार गरेकाे बुटवल ११ कै बुद्धनगर चाैपारीकाे स्थलगत अवलाेकन गर्नुभएकाे थियाे । क्लवले सिग्नेचर प्राेजेक्ट अन्तरगत हरेक वर्ष हाेलीकाे अवसरमा ग्रामिण तथा विपन्न विद्यालयमा रंगराेगन गर्दै आएकाे छ । याे वर्ष बुटवल ११ काे सहिद स्मृति आधारभूत विद्यालयमा रंगराेगन गरिएकाे थियाे ।
त्यसैगरी क्लवमा याे वर्षकाे कार्यकाल सुरु भएदेखि हालसम्म भएकाे गतिबिधिकाे समीक्षा गर्नुका साथै भावि कार्यक्रमका कारेमा छलफल गरिएकाे थियाे ।
त्यस अवसरमा बाेल्दै क्लवका अध्यक्ष देवीराम पाण्डेले क्लवले राेटरीकाे माेटाे अनुसार सामुदायिक कार्यक्रम सहित आन्तरिक रुपमा क्लवका सदस्यहरुकाे नेतृत्व, व्यक्तित्व तथा उद्यमशिलता विकासका कार्यक्रमहरु सञ्चालन गरिएकाे जानकारी गराउनु भयाे ।
त्यसैगरी क्लवका प्रेसिडेन्ट इलेक्ट दीपक भट्टराई
क्लवले राेटरीले अगाडी सारेका कार्यक्रम सहित सामाजिक विकासका लागि शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा रक्तदान, ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालयमा रंगराेगन, गरिव तथा विपन्न विद्यार्थीलाई छात्रबृत्ति, शैक्षिक सामाग्रि प्रदान लगायतका धेरै काम गरिएकाे जानकारी गराउनु भयाे ।
कार्यक्रममा क्लवका एड्मिन चियर राजु चाैधरी, मेमबरशिप चियरकाे तर्फबाट क्लवका उपाध्यक्ष देवीलाल भट्टराई, पब्लिक ईमेज चियर किशाेरकुमार बिक, टिआरएफ चियर लक्ष्मण विश्वकर्मा र क्लव सर्भिस चियरकाे तर्फबाट उपाध्यक्ष शंकर पाण्डे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे क्लवका सचिव अर्जुन आचार्यले जानकारी गराउनु भयाे ।
कार्यक्रममा क्लवका एसाइन एजी सुमन गाेपालाचार्य, डिष्ट्रिक सेक्रेटरी, रिजन सेक्रेटरी तथा क्लवका पूर्व अध्यक्ष कृष्ण शर्मा तथा क्लवका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।