पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मंगलबार राती १२ बजेदेखि लागुहुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको हो ।
निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलको मुल्यमा प्रतिलिटर तीन तीन रुपैयाँ घटाइएको छ । मुल्य घटेसंगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।