आगामी तीन दिन पानी पर्ने सम्भावना

1.3K

आगामी तीन दिन पानी पर्ने सम्भावना

आगामी तीन दिन देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने सम्भावना देखिएको छ । मौषम पूर्वानुमान महाशाखाका अनुसार आज बिहिबार, शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
हाल देशमा स्थानीय वायुको चाप न्यून भएको छ । त्यस्तै भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ । जसका कारण कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न अनुरोध समेत गरेको छ । अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको औंल्याउँदै महाशाखाले मुसुरो, गहुँ लगायत बाली भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न अनुरोध गरेको छ ।