बुटवलमा एक युवती माथी गाेली प्रहार भएकाे छ । बुटवलकाे उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा महिला माथी बिहान ९ बजेकाे समयमा साेही ठाउ बस्ने टिका बिष्ट क्षेत्री माथि गाेली प्रहार भएकाे हाे ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनलाई कम्मर माथी गाेली लागेको छ । गाेली लागेर घाईते विष्टकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएकाे छ ।
पाल्पाकाे रैनादेवि छहरा घर भई बुटवल ११ बुद्धनगर बस्ने बिष्टसंग केही दिन अघि एकजना भारतीय युवकसंग बिवाद भएको र उनैले गाेली हानेकाे हुनसक्ने स्थानीले बताएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाका अनुसार गाेली हान्नेकाे खाेजी कार्य भईरहेकाे प्रहरीले जनाएकाे छ ।