नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनु भएकाे छ । शनिबार भएको निर्वाचनमा गुरुङ पुन: दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे ।
अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिमबहादुर क्षेत्री, उपसचिवमा शेरजंग गुरुङ्ग (इश्वर) र शिबकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यी कमिटि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचितहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शूभकामना दिदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गर्नुभयाे । त्यस अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो ।