आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथी आजदेखि प्रतिनीधि सभामा छलफल सुरु हुँदैछ । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनीधि सभामा छलफल गर्न लागिएको हो ।
आजको बैठकमा संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेस गर्ने र त्यसमा छलफल सुरु हुने कार्यसूची छ । त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने छ ।
राष्ट्रियसभामा भने सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आइतबारबाटै सुरु भइसकेको छ । आज दिउँसो सवा एक बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि छलफल जारी रहने कार्यसूची छ ।