नेपाली जुत्ता घरको आउटलेट बुटवलको कालिकानगरमा

1.3K

नेपाली जुत्ता घरको आउटलेट बुटवलको कालिकानगरमा

नेपाली जुत्ता घरले नयाँ व्यवस्थापन सहित बुटवलको कालिकानगरमा आउटलेट सञ्चालनमा ल्याएको छ । बुटवल कालिकानगर स्थित बुटवल मण्डिमा सञ्चालनमा ल्याएको आउटलेटको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो । नेपाली जुत्ता घरको आउटलेट यस अगाडि बुटवल मिलनचोक स्थित डेल्टा कम्प्लेक्समा सञ्चालन गरिएको थियो । त्यहाँ आगलागि भएपछि बन्द आउटलेटलाई नयाँ व्यवस्थापन सहित कालिकानगरमा सञ्चालन गरिएको नेपाली जुत्ता उत्पादक संघका अध्यक्ष समेत रहनुभएका नेपाली जुत्ता घरका सञ्चालक रुद्रप्रसाद न्यौपानेले जानकारी गराउनु भयो ।
आउटलेटको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले बुटवलको सबैभन्दा ठूलो जनघनत्व रहेको आवासीय क्षेत्रमा जुत्ता घरले आउटलेट सञ्चालन गरेपछि त्यस क्षेत्रका बासिन्दालाई सुविधा सहित जुत्ता घर सञ्चालकलाई समेत फाईदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त आउटलेटमा बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको तालिमबाट उत्पादन जनशक्तिले उत्पादन गरेका जुत्ता चप्पल समेत राखिदिन आग्रह गर्नुभयो ।
कालिकानगर स्थित बुटवल मण्डिमा सञ्चालनमा आएको नेपाली जुत्ता घरमा रन, स्मार्ट, फस्ट वाक, बिएफ स्पार्टस्, सुल्याण्ड, क्रस रोड सहित सात वटा कम्पनीका जुत्ताका आउटलेट राखिएको छ ।
आउटलेट उद्घाटन कार्यक्रममा बुटवल मण्डिका सञ्चालक युवा उद्यमी प्रशान्त कोईरालाले बुटवलको सबैभन्दा ठूलो आवासीय क्षेत्रमा बुटवल मण्डि सञ्चालन गरिएको र त्यसमा नेपाली जुत्ता घरका उत्पादनको समेत आउटलेट राखिएकाले सागसब्जीसंगै जुत्ता चप्पलका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताउनु भयो ।