हुन्डाईको नयाँ क्रेटा ईभि बुटवल भैरहवामा सार्वजनिक गरिएको छ । रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजना गरिएको विशेष अन्तरक्रिया कार्यक्रम नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ क्रेटा ईभि सार्वजनिक गरेको हो ।
ग्राहक वर्गलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले उपभोक्ताको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थापित गरिसकेको डिलर हेड विवेकराज रुश्रेष्ठले जानकारी गराउनु भयो ।
उहाँका अनुसार नयाँ क्रेटा ईभिको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउने छ । धेरैलाई ईभि खरीद गर्दा स्पेयर पाट्र्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का भएको बताउँदै उहाँले नेपालले देशमै क्रेटा आईसिई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभि तथा आईसिई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने उहाँले जानकारी गराउनु भयो ।
कम्पनीले हुन्डाईका आधिकारिक डिलर बुटवलको सिद्दि विनायक मोटो कर्प प्रा. लि., र भैरहवाको जगत मोटर्स प्रा. लि. को संयुक्त आयोजनामा कार्यक्रम गरेको हो । त्यस कार्यक्रममा भर्खरै सार्वजनिक गरिएको नयाँ क्रेटा ईभि र हुन्डाईका अनरु नयाँ मोडलहरु प्नि प्रदर्शन गरिएको थियो ।
कार्यक्रम स्थलबाट क्रेटा ईभिका ३० वडा गाडि बुकिङ भएको छ भने १० वटा ग्राहकलाई हस्तान्तरण गरिएको छ ।
यस क्षेत्रमै हुन्डाईको एसेम्बली प्लान्ट रहेकोले हुन्डाईको गाडी र सेवा प्रति बलियो विश्वास रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी गराएका थिए ।
कार्यक्रममा सिद्दि विनायक मोटो कर्प प्रा.लि.का अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले कोभिड १९ पछि अटोमोवाईल क्षेत्रमा उथलपुथल आएको र त्यसलाई चिर्नका लागि कार्यक्रम गरिएको बताउनु भयो । उहाँले अटोमोवाईल क्षेत्रमा धेरै अप्सनहरुसंगै उपभोक्तालाई कन्फ्युजपनि गराएकाले यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।