सामुहिक लगानीबाट नै समृद्धिको बाटो तय गर्न सकिने एक कार्यक्रममा औँल्याइएको छ । सानाे सानो पूजीलाइ एकिकृत गरेर लगानी गर्ने र यसको सहिढंगले ब्यबस्थापन गर्न सके महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनीहरुको भनाइ छ ।
भिजन लुम्बिनीको दशौं बार्षिकोत्सवको अवसरमा बुटवलमा आयोजित सामुहिक लगानी र समृद्धि बिषयक अन्तक्र्रियामा बोल्ने अधिकांश वक्ताहरुले सामुहिक लगानीमा राष्ट्रिय पुजिलाइ महत्व दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बिस २०७२ सालबाट शुरु भएको भिजनमा कर्पोरेट कल्चर र बिधिको शासन स्थापित गर्न खोजीएको बताउनुभयो । उहाँले १० बर्ष अघि स्थापित संस्थाले अहिले ९ वटा फरक-फरक संस्थाको नेतृत्व गरेको र भर्खरै सेती नदीको २५ मेगाघाट जलबिद्युत आयोजना निर्माण सम्पन्न भएर पोखरामा बिजुली उत्पादन समेत भैरहेको बताउनुभयो । पोखरेलले बुटवलबाट शुरु भएको भिजनले १ हजार ६ सय जना शेयर सदस्य रहेको र अहिले उर्जा, पर्यटन ,बित्त ,शिक्षा, स्वास्थ्य, कृषि तथा सुचना प्रविधिका क्षेत्रमा लगानी गरेर अगाडी बढिरहेको बताउनुभयो ।
पोखरेलले बोल्ने भन्दा पनि काम गरेर देखाउने अभियानमा लागेको बताउनुभयो । बुटवलबाट शुरूवात भएको अभियान देशैभर पुगेको बताउदै उर्जामा गरेको लगानीले प्रतिफल दिन थालेको उल्लेख गर्नुभयो । अब भिजन लुम्बिनीलाई थप विस्तार गरि भिजन नेपालको बृहत अवधारणा बनाइएको उहाँको भनाइ छ ।
कार्यक्रममा भिजन लुम्बिनीका सञ्चालक समिति सदस्य कुलबहादुर केसिले १० बर्षमा नौ वटा विभिन्न क्षेत्रमा कम्पनीहरू स्थापना गरि देशैभर लगानीकर्तालाई जोडन सफल भएको बताउनुभयो । अब भिजन नेपालमा कम्तिमा २ देखि ५ लाखसम्म लगानी गर्ने गरि सामुहिक भावनामा अगाडी बढ्ने उल्लेख गर्नुभयो । भिजन लुम्बिनी उर्जा कम्पनीका अध्यक्ष सुदिपसिंह अधिकारीले अहिले पोखरा कास्कीमा सेती जलबिद्युत आयाेजना सफलतापूर्वक काम सकिएको बताउनुभयो ।
लगानीका सम्भावनाहरू खोज्ने उद्धेश्यका साथ विभिन्न क्षेत्रमा व्यक्तिहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको संचालक राजिव गौतमले बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा इन्चार्ज शरद वलीले सामुहिक लगानीले आधारभूत तहलाइ समेट्नु सकारात्मक रहेको बताउनुभयो ।
राप्रपा प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले बुटवलमा अथाह संभावना रहेको र संभावना चिनेको मान्छे पोखरेल भएको बताउनुभयो । एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले सामुहिक लगानी सफल भएको उदाहरण भिजन लुम्बिनीले दिएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरिसुन्दर बासी राष्ट्रिय पुजिलाइ महत्व दिन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका नगर उपसभापति ज्योति भण्डारीले बुटवललाइ एक्स्ट्रा बजार बनाउन नयाँ संभावनाहरुको खोजी गरिरहनुपर्ने बताउनुभयो । बरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाइले बुटवलबाट जन्मिएको भिजन लुम्बिनीले देशभर नै राम्रो प्रभाव रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक डा.आरसि आचार्य,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, भिजनका सन्तोष पोखरेल, रास्वपाका नगर सभापति राजन पाण्डे लगायतले बोल्दै भिजनमा भएको सामुहिक लगानीले सबैलाइ प्रतिफल दिएको बताएका थिए ।