लुम्बिनी प्रदेशका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम प्रदान गरिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनीले प्रदेशका १२ वटै जिल्लाका पत्रकारलाई डिजिटल पत्रकारिता तालिम प्रदान गरेको हो ।
सूचना प्रविधिको विकाससंगै न्यू मिडियाको प्रयोग पनि बढेकाले न्यू मिडियामा आधारित डिजिटल पत्रकारिता तालिम प्रदान गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष सुक्रऋषी चौलागाईले जानकारी गराउनु भयो ।
महासंघले सबैलाई पायक पर्नेगरी बर्दिया, दाङ, प्युठान, रुकुमपूर्व, पाल्पा र रुपन्देहीमा दुई दुई दिनको तालिम गरिएको उहाँले बताउनु भयो । तालिममा अनलाईन, युट्युव लगायतका न्यू मिडियामा पस्किने सामाग्रि, त्यसको प्रस्तुती, लगायतका विषयमा तालिम प्रदान गरिएको हो ।

बिहिबारदेखि बुटवलमा आयोजना गरिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पछिल्लो समयमा न्यू मिडियाको प्रयोग बढ्दै गएको सन्दर्भमा यसका नकारात्मक पक्ष पनि रहेकाले सचेत भई सवल पक्षहरुलाई अंङ्गिकार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले तालिमले न्यू मिडियाका सवल र दुर्बल पक्षहरुको बारेमा चिर्नका लागि भूमिका खेल्ने पनि विश्वास गर्नुभयो ।