बुटवलमा एकै परिवारका ३ जनाको हत्या : हत्या आशंकामा पूर्व श्रीमान पक्राउ

1.3K

बुटवलमा एकै परिवारका ३ जनाको हत्या : हत्या आशंकामा पूर्व श्रीमान पक्राउ

बुटवलमा एकै परिवारका ३ जनाको हत्या भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ होराईजनचोक स्थित मिलिजुली पथमा एकै पहिवारका आमा र दुई छोरीको बुधबार बिहान ४ वजेको समयमा विभत्स हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार पाल्पा घर भएकी ३१ वर्षीय दीपा बस्याल र उनका दुई छोरी ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको हो ।
आफूसंग डिभोर्स गरी अर्कैसंग विवाह गरेकी दीपालाई सुजनले आफ्नै घरमा बोलाई हत्या गरेको प्रहरीले आशंका गरेको छ । उनीहरुको ८/९ वर्ष अघि नै सम्बन्ध विच्छेद भएको थियो ।
हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दीपाका पूर्व श्रीमान सुजन कोईरालालाई पक्राउ गरेको छ । सुजन आफ्नै दाजुको हत्या गरी जेल बसेर केही वर्ष अघि मात्रै संविधान दिवसको अवसरमा आम माफी पाएका थिए । यद्यपी घटनाको अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।