हरिलाल बस्याल /
बुटवल उपमहानगरपालिका वडा नं १६ आदर्श टोल की सिता अर्याल सापकोटालाई छिमेकीले मुर्रा भैसीको पाडी खरीद गर्दा ५० प्रतिशत अनुदानपाईन्छ भन्ने सुनाए । आम्दानीको स्थायी श्रोत नहुँदा समस्या परिरहेको बेला पाएको यो सुचनाले सितालाई उत्साहित मात्रै बनाएन् मुर्रा भैसीको पाडी पालेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने आशा समेत पलायो ।
वडा कार्यालय पुगेर मुर्रा भैसीको पाडी किन्नका लागि फारम भरेकी सितालाई केही समयभित्रै बुटवल उपमहानगरले मुर्रा भैंसीको पाडी उपलब्ध गरायो। दिनभर काम बिहिन भएर बस्नु परेकोले बेचैन भैरहेका बेला मुर्रा भैसीको पाडी पाएपछि उहाँ दंग पर्नुभयो । अव मुर्रा भैसीको पाडी ब्याउने बेला भैसकेको छ । सिताको आशा र विश्वास छ– पाडी ब्याएपछि त्यसैको दुध विक्री गरेर जीवन सहज वनाउन ठूलो सहयोग पुग्छ ।
बुटवल १६ बैठउली निवासी पार्वती दंगोरिया थारुको मासिक आम्दानीको श्रोत केही छैन । केही गरौ भने पनि प्रशस्त जग्गा पनि नभएको र श्रीमानको जागिर पनि छैन । ज्याला मजदुरी गरेर जनतन जीविको चलाइरहेकी पार्वतीलाई बुटवल उपमहानगरले दिएको पाडी जीवनको आडभरोस बन्ने विश्वास छ ।
गत बर्ष नगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको भैसीको पाडी अव ब्याउने अवस्थामा छन । पार्वतीको आशा छ– पाडी ब्याएपछि यसैको दुध विक्री गरेर घर खर्च चलाउँछु । नगरपालिकाले अनुदानमा दिएको पाडीमाथि पार्वतीको जीवनको भरोसा अडिएको छ ।
पार्वती भन्नुहुन्छ– पाडीको रेखदेख र पालनपोषण गरिरहेकी छु, अव ब्याउने समय पनि आउन लाग्यो, दुध बेचेको पैसाले घर खर्च र नानी बाबुको पढाई लेखाइमा सहज हुने आशा छ ।
बुटवल उपमहानगरपालिकाले विपन्न कृषक परिवारलाई अझै १र१ वटा भैसी दिएमा जीविकोपार्जन गर्न अझै सहज हुने पार्वतीको आाश छ ।
सिता र पार्वतीलाई मात्रै होइन, मुर्रा भैसीका पाडीबाटै जीवनको भविष्य खोजी गरिरहनु भएका बुटवल उपमहानगरपालिका १८ का सुकदेव थारुलाई पनि मुर्रा भैसीको पाडी आशाको दियो बनेको छ ।
सुकदेव उमेरले ५१ बर्ष लाग्नुभयो । पहिले फर्निचरको काम गर्नु हुन्थ्यो । अहिले उमेर बलले साथ दिन छोडी सक्यो । त्यसैले घरमै बसेर जीविकोपार्जनको गतिलो माध्यम खोजी गरिरहनुभएका सुकदेवलाई मुर्रा भैंसी पाडीमै जीवन खोजीरहनु भएको छ ।
बुटवल उपनगरपालिकाले ५० प्रतिशत अनुदानमा मुर्रा भैंसीका पाडी दिएपछि सुकदेव अहिले त्यसको रेखदेख गर्दै आउनु भएको छ । अबको केही महिनामा ब्याएपछि त्यसैको दुध बेचेर घर खर्च चलाउन सहज हुने उहाँको भनाई छ ।
बुटवल उपमहानगरपालिकाले गत बर्ष वितरण गरेका मुर्रा भैसीका पाडी अव ब्याउने बेला भैसकेको छ र यही पाडी किसानहरुको जीवनको सारथी बन्ने विश्वास गरिएको छ ।
अबको दिनमा बुटवल उपमहानगरपालिकाले अनुदानमा वितरण गरेका मुर्रा भैसीका पाडी पशुपालन क्षेत्रमा जोडिन चाहने किसानहरुका लागि आर्थिक उपार्जनको श्रोत वन्ने भएको छ । घर खर्च चलाउन समेत नसक्ने अवस्थाका किसानले यिनै पाडी ब्याएपछि दैनिक घर खर्च चलाउन श्रोत बन्ने आशा गरेका छन् ।
गत आर्थिक २०८०र८१ मा पशुपालक कृषकलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा मुर्रा भैंसीका पाडी बितरण गर्न भनि निबेदन माग गरेको थियो । कुल ९२ कृषकले अनुदानमा मुर्रा भैसीको पाडीका लागि फारम भरेकोमा ७२ कृषकले मात्रै मुर्रा भैंसीका पाडी लिए । कृषकको निवेदनका आधारमा बुटवल उपमहानगरले उन्नत जातका मुर्रा भैसीका पाडी कृषकलाई ५० प्रतिशत अनुदानमा बितरण गरेको हो ।
बुटवल उपमहानगरले मुर्रा भैंसीका पाडीमात्रै वितरण गरेको छैन, गाईभैसीमा लाग्ने अत्यन्तै खतनारक खोरेत रोग विरुद्ध खोप कार्यक्रम समेत संचालन गरेको छ । बुटवल उपमहानगरपालिका १८ का नारायणप्रसाद खनाल बुटवल उपमहानगरले पशुमा देखिने खोरेतविरुद्ध खोप अभियान संचालन गरेपछि उत्साहित हुनुहुन्छ ।
पशुपालनलाई प्रोत्साहन गर्दै आएको नगरपालिकाले ६ हजार ५ सय पशु चौपायामा खोरेत विरुद्ध निशुल्क खोप लगाएको जनाएको छ । त्यस्तै गाईभैसीमा लाग्ने भ्यागुते र चरचरे रोगका विरुद्ध ६ हजार ४ सय पचास र बाख्रामा लाग्ने पिपिआर रोगकाविरुद्ध ९ हजार ९ सय एकाउन्न भ्याक्सिन लगाइएको बुटवल उपमहानगरपालिकाका पशुपंक्षी शाखा प्रमुख डा। झबिन्द्र बन्जाडेले जानकारी दिनुभयो । गाईमा लाग्ने लम्किस्क्रिन रोगका विरुद्ध लगाइने खोप नगरपालिकाका पशु प्रविधिकले नै निशुल्क लगाउने गरेको र खोप खोज्न बुटवलका एग्रोभेटहरुमा धाउनपर्ने बाध्यता हटेको बुटवल १८ का रामचन्द्र ढकालले बताउनुभयो ।
उहाँका अनुसार एग्रोभेटलाई तिर्ने पैसा बचत भएको र बुटवल आउने जाने समय पनि बचेको छ । बुटवल उपमहानगरको पशुपालक किसानलाई प्रोत्साहन गर्ने नीतिले बुटवल क्षेत्रका पशुपालक किसान खुसी भएका छन ।
बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण, नियन्त्रण तथा रेबिज रोगविरुद्धको खोप संचालन गरि ३ सय १० सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरणको कार्यले बुटवल १५ का मनोज थापा क्षेत्रीलाई साह्रै राम्रो काम भएको भन्ने लागेको छ । सामुदायिक कुकुरबाट हुने जोखिम कम गर्न सहयोग गरेकोमा बुटवल उपमहानगरको कामप्रति सराहना व्यक्त गर्नुहुन्छ ।
बुटवल उपमहानगरले नगर क्षेत्रभित्र बिरामी भएका र दुर्घटनामा परि घाइते भएका तथा हिँड्न नसक्ने छाडा चौपायालाई नन्दनी गौशालामा ब्यवस्थापन गर्दै आएको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले पिपिपी मोडलमा कृषक र पालिकाबीच सम्झौता गरि मुर्रा भैसीका पाडी वितरण गरेपछि यसमा किसानको पनि लागत हुँदा किसानले अपनत्व लिने भएकोले यो मोडल प्रभावकारी हुने बताउनुहुन्छ ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले आय आर्जनमा जोडिन चाहने किसानलाई गत बर्ष पाडी वितरण गरिएको बताउँदै यसबाट किसानमा आत्मनिर्भर बन्ने अवस्था सिर्जना भएको बताउनुहुन्छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्र अत्यन्तै ठूलो समस्याको रुपमा रहेको छाडा गाईबस्तुले यातायात तथा पैदल यात्रीलाई समस्या पर्दै आएकोमो पालिकाले नन्दनी गौशाला ब्यवस्थापन गरि आफ्नै स्वामित्वमा गाईको रेखदेख, औषधि उपचार तथा पालन पोषण लगायतका काम गर्दै आएको छ । अझै खुसिको कुरा के छ भने नगरपालिकाले नन्दनी गौशालालाई नश्ल सुधार केन्द्रको रुपमा विकास गर्न लागेको छ । त्यसले छाडा गाईबस्तु व्यबस्थापन संगै किसानले सस्तोमा उन्नत जातका गाइ पाउदा किसानहरु लाभाम्वित हुनेछन् ।