अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ‘द आर्ट अफ लिभिङ’द्वारा बुटवलमा एक दिने योग शिविर गरिएको छ । दिवसको अवसरमा द आर्ट अफ लिभिङ बुटवल रुपन्देहीले शनिबार लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा योग शिविर गरेको हो ।
शिविरका उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले नियमित गरिने योगले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ्य बनाउने विश्वास व्यक्त गर्नुभयो ।
द आर्ट अफ लिभिङ बुटवल रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मानिसमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलन कायम गर्न र स्फूती बढाउन योगको विशेष महत्व रहेको बताउँदै योगको प्रवद्र्धनका लागि शिविर आयोजना गरिएको भनाई राख्नुभयो ।
कार्यक्रममा द आर्ट अफ लिभिङका योग गुरु स्वामी ब्रह्मचारी देवदत्तले द आर्ट अफ लिभिङ, यसको स्थापना, यसले गर्ने काम तथा योगको बारेमा चर्चा गर्नुभएको थियो ।
शिविरमा योग सहजकर्ता विजय श्रेष्ठले योग अभ्यास गराउनु भएको थियो । शिविरमा प्रहरी वरिष्ठ उपरिक्षक सन्तोषसिंह राठौर, प्रहरी नायव उपरिक्षक पुष्पराज मल्ल, प्रहरी नायव उपरिक्षक यमलाल वञ्जाडे लगायतल प्रहरी अधिकारीहरु सहित प्रहरी जवान तथा सर्वसाधारण सहभागि थिए ।


