निर्वाचन आयोग उपनिर्वाचनको तयारी : मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान

1.3K

निर्वाचन आयोग उपनिर्वाचनको तयारी : मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान

विभिन्न तहमा रिक्त पदमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ । उपनिर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका व्यक्तिलाई नामावली दर्ता गराउन आह्वान गरेको हो ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाईने भएकाले त्यस अगावै नामावली दर्ता गराउन आग्रह गरिएको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताउनु भएको छ ।
केहीदिन अघिमात्रै प्रधानमन्त्री केपी ओलीसंग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो ।
प्रतिनीधि सभा सदस्य दिपक बोहराको निधन भएपछि रुपन्देही क्षेत्र नं. ३ र मनाङ क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे जेल परेपछि रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेश सभामा मनाङ क्षेत्र नं. १ (ख) सहित कतिपय वडा अध्यक्षहरु रिक्त छन् । त्यसका लागि कात्तिक दोस्रो साता उपनिर्वाचनका बारेमा प्रधानमन्त्री ओली र आयोगका पदाधिकारी बिच छलफल भएको थियो । यद्यपी निर्वाचन आयोगले मिति तय गरिसकेको छैन ।