अर्घाखाँचीकाे शितगंगामा बन्चराेले हानेर दाजुले आफ्नै भाईकाे हत्या गरेका छन् । अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. ६ पाखापानीका ४२ वर्षीय विष्णु भनिने टेकबहादुर बादीले आफ्नै भाई ३२ वर्षीय बोमबहादुर बादीलाई बन्चराेले हानेर हत्या गरेका हुन् । याे घटना विहिबार साँझकाे हाे ।
दुबै जनाले मादक पदार्थ सेवन गरि भाई मृतक बाेमबहादुरले विडि माग्दा दाजुले भाईकाे निधारमा बन्चराे प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।
बन्चराे प्रहारबाट घाईते बाेमबहादुरकाे उपचारका लागि अस्पताल लैजादै गर्दा बाटाेमै निधन भएकाे पनि प्रहरीले जनाएकाे छ ।
भाईलाई बन्चराे प्रहार गरि जंगलतिर भागेका दाजु टेक बहादुर प्रहरी चौकी जलुके र ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएकाे टाेलीले शितगंगाकाे खमारीबाट राती नै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक झलकप्रसाद शर्माले जानकारी दिनुभयाे । प्रहरीले घटनामा प्रयाेग भएकाे बन्चराे बरामद गरेकाे छ ।
प्रहरी हिरासतमा रहेका टेकबहादुरलाई शुक्रबार अर्घाखाँची जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाईएकाे पनि प्रहरी निरिक्षक शर्माले बताउनु भयाे ।