रुपन्देहीको दुरगामी सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहिन : कार्यालयमा ताला

1.3K

रुपन्देहीको दुरगामी सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहिन : कार्यालयमा ताला

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ शान्तिचोकमा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र सचिव सम्पर्क विहिन भएपछि उक्त सहकारीमा ताला लगाईएको छ ।
उक्त सहकारीमा शेयर सदस्यको बचत अपचलन भएको थाहा पाएपछि बचत फिर्ताको माग गर्न थालेका थिए । बचत फिर्ताको माग हुन थालेपछि सञ्चालक समितिको बैठकले दुई दिन अघि फिर्ता माग्नेको रकम फिर्ता दिने सहमति भएको थियो ।
तर अर्कोदिन अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्रीले सहमतिका माईन्यूट च्यातेर सम्पर्क विहिन भएपछि वडा कार्यालय र प्रहरीले उक्त सहकारीमा ताला लगाईदिएको हो । थप कागजात र प्रमाण नष्ट हुन नदिन वडा कार्यालय र प्रहरी चौकी ड्राइभरटोलले उक्त सहकारीको कार्यालयमा तालाबन्दी गरिदिएको छ ।
अंघिल्लो दिन भएको सहमतिको माईन्यूट च्यातिएको र अध्यक्ष र सचिव सम्पर्क विहिन भएकाले थप कागजात र प्रमाण नष्ट हुन नदिनका लागि ताला लगाईएको वडा अध्यक्ष कल्याण पौडेलले बताउनु भएको छ ।
उक्त सहकारीमा करिब ३० करोड रुपैंया बचत अपचलन भएको आन्तरिक लेखा परीक्षणमा भेटिएको स्रोतले बतायो । २०५० सालमा स्थापना भएको सहकारीमा करिब २ हजार सदस्य छन् । यो सहकारीले दूध संकलन र बिक्रीको कारोबार गरिरहेको छ ।