पूर्वपश्चिम राजमार्ग : विनयी खोला पुल सञ्चालन

1.3K

पूर्वपश्चिम राजमार्ग : विनयी खोला पुल सञ्चालन

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासीको विनयी खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक अन्तरगत पर्ने नवलपरासीको विनयी खोलामा नयाँ पुल निर्माणसंगै आजदेखि सवारी साधन आवत–जावत गराईएको हो ।
बुटवल–नारायणगढ सडक विस्तारको क्रममा पुरानो पुलको साईडमा नयाँ पुल निर्माण भईरहेको थियो । सञ्चालनमा रहेको पुरानो पुल भाचिएपछि पूर्वपश्चिम गुड्ने सवारी साधन डाईभर्सनबाट सञ्चालन गरिएको थियो ।
यद्यपी खोलामा निर्माण गरिएको डाईभर्सन समेत वर्षात्का कारण आउने बाढीले पटक पटक बगाएको थियो । जसका कारण यो सडकमा यात्रा गर्ने यात्रुले सास्ती व्यहोर्नु परेको थियो । योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता हुने देखिएको छ ।