यो साता देशभर मनसुनी वायूको प्रभाव : पहाडी भू–भागमा धेरै भारी वर्षाको सम्भावना

1.3K

यो साता देशभर मनसुनी वायूको प्रभाव : पहाडी भू–भागमा धेरै भारी वर्षाको सम्भावना

यो साता देशैभर मनसुनी वायूको प्रभाव रहने देखिएको छ । जसका कारण सबै प्रदेशका पहाडी भू–भागमा एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको जल तथा मौषम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो महाशाखाले असार १९ देखि २६ गते विहिबारसम्मका लागि गरेको प्रक्षेपण हो । महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै कोशी, गण्डकी र पश्चिम तराईका एक दुई स्थानमा साताभर भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले औंल्याएको छ ।
सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको छ । त्यस्तै ६ वटै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
तराईका भू–भागमा कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा साताको शुरूमा तथा पश्चिम तराईमा साताभर एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना देखिएको छ । मधेश प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यो साता देशभरको तापक्रममा उल्लेखनीय परिवर्तन भने हुनेछैन । कोशी, मधेश र बागमती प्रदेशमा औसत भन्दा कम वर्षा हुने तथा औसत भन्दा बढी अधिकतम तापक्रम हुने सबै प्रदेशमा न्यूनतम तापक्रम औसत भन्दा बढी रहने देखिएको छ ।