तिलोत्तमाको मुख्य सडक डिभाईडरमा ड्रागन फ्रुट

1.3K

तिलोत्तमाको मुख्य सडक डिभाईडरमा ड्रागन फ्रुट

तिलोत्तमा नगरपालिकाले नगरपालिकाको कार्यक्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको सडक डिभाईडरमा ड्रागन फ्रूटका विरुवा लगाएको छ ।
नगरपालिकाले हरियाली प्रवद्र्धनसंगै नागरिकको जीवनस्तर उठाउन फलफूलका विरुवा लगाउने अभियान अन्तरगत सडकको डिभाईडरमा ड्रागन फ्रटका विरुवा लगाईएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी गराउनु भयो ।
सडक डिभाईडरमा ड्रागन फ्रुट लगाउने अभियानको सोमबार नगरप्रमुख खाणले शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उहाँले सडकको हरियाली सहित सुन्दरता अभिबृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले रोपिएका फलफूलको विरुवा संरक्षणका लागि आम नागरिकलाई समेत सचेत हुन आग्रह गर्नुभयो ।

यो अभियान सिक्सलेन सडकसंगै सहायक सडकमा समेत विस्तार गरिने उहाँले बताउनु भयो । तिलोत्तमा नगरपालिकाले नागरिकको जीवनस्तर उठाउन फलफूल खेतीलाई जोड दिईएको छ भने फलफूलका विरुवा लगाउन अभियान सहित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ ।