गुल्मीको मदानेमा चिया खेती सुरु

1.3K

गुल्मीको मदानेमा चिया खेती सुरु

गुल्मीको मदाने गाउँपालिकाले वडा नं. २ बाझकटेरी थामडाडामा स्थापित पालिकास्तरीय औद्योगिक ग्राममा चिया खेती सुरु गरेको छ । खाली जमिनको सदुपयोग गर्ने र परिक्षणको रूपमा चिया खेती सुरु गरिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवँरले बताउनु भयो ।
सुरु गरिएको यो खेतीलाई गाउँपालिकाले दीर्घकालीन योजनासँग जोडेर अघि बढाएको जनाएको छ । औद्योगिक ग्राम क्षेत्र विकासको क्रममा आधुनिक कृषि प्रणाली र सम्भावनायुक्त बालीको पहिचान गर्दै चिया खेती थालिएको हो ।
‘खाली जमिनलाई उपयोग गर्दै स्वरोजगार र सम्भावनायुक्त कृषिको प्रवद्र्धन गर्न चिया खेती सुरु गरेका हौँ । परीक्षण सफल भए यसलाई व्यवसायिक रूपमा विस्तार गरिनेछ’, गाउँपालिका अध्यक्ष कुवँरले भन्नुभयो । गाउँपालिकाले चिया खेतीसँगै क्षेत्रको वातावरण, पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ ।