रोट्रयाक्ट तिलोत्तमा रुपन्देहीको अध्यक्षमा गिरी

1.3K

रोट्रयाक्ट तिलोत्तमा रुपन्देहीको अध्यक्षमा गिरी

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा सिर्जना गिरी निर्वाचित हुनु भएको छ । क्लवको वर्ष २०२५।२६ का लागि निर्वाचित अध्यक्ष गिरीलाई आईतबार साँझ क्लवको चार्टड नाईट कार्यक्रममा पदस्थापन गरिएको हो ।
क्लवको वर्ष २०२५।२६ का लागि गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो । जसको सचिवमा धनुमायाँ रायमाझी र कोषाध्यक्षमा दिपेश ज्ञवालीलाई चयन गरिएको छ । त्यसैगरी क्लवको आईपिपि÷टिआरएफमा सिए मोहन खत्री रहनु भएको छ ।
त्यसैगरी क्लवका उपाध्यक्षहरु क्रमशः क्लव एड्मीन चियरमा श्रीधर केसी, प्रोफेसनल चियरमा सुवास सापकोटा र युथ सर्भिसमा नारायण भण्डारी तथा सहसचिव पुजा गौतम हेल्थ कमिटि र सहकोषाध्यक्ष सुमन श्रीस मिडिया कोर्डिनेटर रहनु भएको छ ।
त्यस्तै दिपक डुम्रे कम्युनिटि सर्भिस, विजय ढकाल मेम्बरशिप, शालिकराम आत्रेय इन्टरनेशनल सर्भिस, अच्युत पौडेल क्लव इमेज, रविना प्रधानलाई स्पोर्ट र माधव आचार्यलाई आईटि अफिसरको जिम्मेवारी प्रदान गरिएको छ ।
सम्पन्न क्लव इन्टलेशन तथा चाटर्ड नाईट कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष सिए मोहन खत्रीले नवनिर्वाचित अध्यक्ष गिरीलाई पद हस्तान्तरण गर्नुभएको हो । संगै नवनिर्वाचित अध्यक्ष गिरीले आफ्नो कार्यकालको वार्षिक योजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा डिष्ट्रिक रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) दिनेश गैरेले नवनिर्वाचन कार्यसमितिलाई बधाई ज्ञापन गर्दै रोट्रयाक्टको मोटो र मिसन अनुसार काम गर्न आग्रह गर्नुभयो । त्यस अवसरमा आईपिडिआरआर विक्रम क्षेत्री, इन्ट्रयाक्ट डिआरआर सुशान्त अधिकारी, क्लवका संस्थापक अध्यक्ष मोहन न्यौपाने, रोटरी क्लव अफ बुटवल साउथका निवर्तमान अध्यक्ष ईञ्जिनियर दुजेन्द्र बस्नेत, सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका क्याम्पस प्रमुख गोपाल चापागाई, जेडआरआर सरोज पोखरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।