ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले ग्रमीण विकास र समाज लघुवित्त वित्तीय संस्था आपसमा गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको गत शनिबार बुटवलमा सम्पन्न दशौं वार्षिक साधारण सभामा विशेष प्रस्तावको रुपमा प्रस्तुत मर्जर प्रस्ताव पारित गरिएको संस्थाका अध्यक्ष भरतराज कोईरालाले प्रेस विज्ञप्ती जारी गरी जानकारी गराउनु भएको हो ।
त्यसैगरी साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कोईरालाले पेश गरेको आर्थिक वर्ष २०८०÷८१ को संस्थाको वार्षिक प्रतिदेन, लेखा परीक्षकको प्रतिवेदन तथा लेखा परीक्षकको नियुक्ति गर्ने प्रस्तावलाई पास गरिएको छ ।
त्यस अवसरमा अध्यक्ष काईरालाले ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले देशका ५६ जिल्लाका १८९ शाखा कार्यालय मार्फत ३६९ स्थानीय तहमा २ लाख १६ हजार ८७५ सदस्य र ८९ हजार ६८६ ऋणी सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा पु¥याइएको जानकारी गराउनु भयो । त्यसैगरी २०८१ असार मसान्तसम्म कुल लगानीमा रहिरहेको बाँकी कर्जा १२ अबै २३ करोड रुपैंया र बचत ३ अर्ब ५४ करोड रुपैंया रहेको विवरण उहाँले पेश गर्नुभयो ।
साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव श्यामकुमार कटुवालले शेयरधनी एवं ग्राहक सदस्यहरूको हित संरक्षण र सम्वद्र्धन हुने गरी वित्तीय कारोवार सञ्चालन गर्दै जानकारी गराउँदै शेयरधनीलाई उचित प्रतिफल दिन योजनावद्ध ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा शेयरधनीका तर्फबाट पूर्व अध्यक्ष माणिकरन्त शाक्य र चन्द्रनारायण श्रेष्ठले सरकारको गरिबी न्यूनिकरण गर्ने अभियानमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै शेयरधनीलाई उचित प्रतिफल दिने गरी मितव्ययी तरिकाले काम गर्न सञ्चालक समिति र व्यवस्थापनलाई सुझाव दिनुभयो ।

यद्यपी उक्त साधारण सभा भईरहँदा एउटा आधिकारिक ट्रेड युनियनले भने मर्जर प्रक्रियाको विरोध गरिरहेको थियो । त्यस विषयमा पनि बैंकले अर्को विज्ञप्ती निकालेर मर्जरको विषयमा प्रष्ट्याएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा र मर्जर प्रक्रियाका विषयमा प्रष्ट्याएको हो ।
संस्थाको साधारण सभामा ग्रामिण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाबीच सम्पन्न मर्जर भौतिक तथा भर्चुअल माध्यममार्फत शेयरधनीको ६२.७८ प्रतिशत उपस्थितिमा भएको हुँदा वैधानिक र पारदर्शी भएको स्पष्ट पारेको हो । मर्जरमा जाने विषयमा संस्थाले तीनवटै ट्रेड युनियनका प्रतिनिधिसँग लामो छलफलपछि नेपाल राष्ट्र बैंकमा मर्जर प्रस्ताव पेश गरिएको र त्यसपछि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।