कांग्रेस रुपन्देहीले बीपी स्मृति दिवसमा बृक्षरोपण गर्ने

1.3K

कांग्रेस रुपन्देहीले बीपी स्मृति दिवसमा बृक्षरोपण गर्ने

बीपी स्मृति दिवसमा नेपाली काँग्रेस रुपन्देही बृक्षरोपण गर्ने भएको छ । नेपाली काँग्रेस रुपन्देहीको हालै बसेको बैठकले पार्टीका संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसको अवसरमा यहि साउन ६ गते विशेष कार्यक्रम सहित करहीया सामुदायिक वनमा बृक्षरोपण गर्ने निर्णय गरिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी गराउनु भयो ।
उहाँका अनुसार त्यस दिन बिहान साढे ७ बजे तय गरिएको बृक्षरोपण कार्यक्रममा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, स्थानीयबासी तथा सामाजिक संघ–संस्थाका प्रतिनीधिहरुको सहभागिता रहने छ । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र समाजमा जागरण ल्याउनको लागि नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसमा बृक्षरोपण गर्दै आएको छ ।