सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक थोरै बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ देखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसका आधारमा सरकारले चालु आर्थिक वर्षदेखि लागु हुनेगरी श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ पु¥याएको छ । यस अंगाडी श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो ।
साउन १ गतेदेखि श्रमिकको आधारभूत पारिश्रमिक १२ हजार १ सय ७० रुपैयाँ भएको छ । जसमा महँगी भत्ता ७ हजार ३ सय ८० हुने पु¥याइएको छ । यो जोड्दा १९ हजार ५५० रुपैयाँ पारिश्रमिक हुनेछ । अब दैनिक ज्यालादारीमा काम गर्नेले ७५४ रुपैयाँ पाउनेछन् । त्यस्तै घण्टाका हिसावले काम गर्नेले प्रतिघण्टा १०१ रुपैयाँ ज्याला पाउने छन् । त्यस्तै आंशिक काम गर्नेका हकमा प्रतिघण्टा १०७ रुपैयाँ ज्याला तोकिएको छ ।
सरकार, रोजगारदाता र श्रमिकका संगठनहरूको समेत प्रतिनिधित्व रहेको समितिले गरेको सिफारिसका आधारमा श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक तोकेर राजपत्रमा प्रकाशित गर्ने छ । त्यसपछि बढेको पारिश्रमिक लागु हुनेछ ।
चिया बगानमा काम गर्ने श्रमिकका हकमा छुट्टै बैठक बसेर निर्णय गर्नुपर्ने भएकाले अहिले निर्णय लिइएको छैन ।
श्रम ऐन अनुसार हरेक दुई÷दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने प्रावधान छ । खाद्यान्न सहित वस्तुको मूल्यवृद्धि, आर्थिक अवस्था सहित सूचक आधार मानेर न्यूनतम पारिश्रमिक तोकिएको मन्त्रालयले जनाएको छ ।
रोजगार प्रदायक संस्थाले पारिश्रमिकका अतिरिक्त श्रमिकलाई सामाजिक सुरक्षा ऐनले तोकेका सुविधा, श्रम सम्झौता, नियुक्तिपत्र, सञ्चयकोष तथा उपदान अनिवार्य दिनु पर्नेछ ।