अब तराई मधेशमा पनि वर्षा हुन्छ

1.3K

अब तराई मधेशमा पनि वर्षा हुन्छ

मनसुन सुरु भएको ढेड महिनासम्म सुख्खा रहेको तराई मधेशमा अब केही दिन वर्षा हुने मौमविद्हरुले प्रक्षेपण गरेका छन् । उनीहरुका अनुसार अबको ३ दिन हल्कादेखि मध्येम वर्षा हुनेछ भने आज आईतबार राती त भारी वर्षा पनि हुन सक्छ ।
तराई मधेशका क्षेत्रमा वर्षा हुन सुरु भईसकेको बताउँदै आगामी केही दिनसम्म नै तराई मधेश हल्कादेखि मध्यम वर्षा हुने वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलले बताउनु भएको छ । उहाँका अनुसार आज राति भारी वर्षा पनि हुनसक्छ ।
नेपालको अन्नभण्डार मानिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि राम्रोसँग पानी परेको छैन । कतिपय स्थानमा किसानले धान रोप्न पाएका छैनन् । कतिपय स्थानमा धान रोपिएका खेतमा धाँजा फाटेका छन् । विशेष गरेर मधेश प्रदेशमा यो समस्या बढी देखिएको छ । जसका कारण मधेश प्रदेश सरकारले प्रदेशभर सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।