बागमतिमा ४ मन्त्रीकाे राजीनामा : काँग्रेस संसदीय दलकाे नेता उपर अविश्वासकाे प्रस्ताव

1.3K

बागमतिमा ४ मन्त्रीकाे राजीनामा : काँग्रेस संसदीय दलकाे नेता उपर अविश्वासकाे प्रस्ताव

बागमति प्रदेश सरकारका ४ जना मन्त्रीले राजीनामा गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिनुभएकाे हाे ।
संगै नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासकाे प्रस्ताव दर्ता गरिएकाे छ । लामालाई नेपाली कांग्रेस संसदीय दलकाे नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । लामा बागमती प्रदेशको मुख्यमन्त्री समेत हुनुहुन्छ ।
अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।