रोटरी तिलोत्तमा रुपन्देहीद्वारा देवदहमा बृक्षरोपण

1.3K

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा देवदहमा बृक्षरोपण

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले रुपन्देहीको देवदहमा बृक्षरोपण गरेको छ । क्लवको वार्षिक कार्यक्रम अन्तरगत रोट्रयाक्ट कलवहरुको समेत सहकार्यमा रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ स्थित केरवानी माध्यमिक विद्यालय प्रगति केन्द्रको प्राङ्गढमा बृक्षरोपण गरिएको हो ।
वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि क्लवले वार्षिक रुपमा बृक्षरोपण गर्दै आएको छ । त्यसकै लागि रोटरी डिष्ट्रिकले समेत यो वर्ष ५० हजार बृक्षरोपण गर्ने कार्यक्रम अगाडि सारेको छ । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र रोटरी डिष्ट्रिकको कार्यक्रमलाई समेत सहयोग पुग्ने गरी बृक्षरोपण गरिएको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष दीपक भट्टराईले जानकारी गराउनु भयो ।
बृक्षरोपण कार्यक्रममा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले जलवायु परिवर्तनको असर देखा पर्न थालेका समयमा सबैतिर हुने बृक्षरोपणले जलवायु सन्तुलन कायम राख्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बृक्षरोपणले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा समेत टेवा पुग्ने भनाई राख्नुभयो । त्यस्तै विद्यालयका सहायक प्रधानाध्यापक मधु लम्सालले क्लवले सामाजिक उत्तरदायित्व बहन गरेर विद्यालय प्राङ्गढमा बृक्षरोपण गरेकामा क्लवलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा गरिएको बृक्षरोपण कार्यक्रमको संयोजक रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहले गरेको थियो भने रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही तथा रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनले सहकार्य गरेको क्लवका सचिव किशोरकुमार विकले जानकारी गराउनु भयो । उहाँका अनुसार आँप, अमला र सितल चिनीका करिव २५० विरुवा रोपिएको थियो ।
कार्यक्रममा रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष डा. विजय अमागाई, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीकी अध्यक्ष सिर्जना गिरी, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोदनका अध्यक्ष अनिल भण्डारी लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रममा रोटरी तथा रोट्रयाक्टका पदाधिकारी, पूर्वअध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो ।