भैरहवामा रास्वपा संसदीय दलकाे बैठक : भ्रष्टाचार विरुद्धकाे आन्दाेलनलाई थप ससक्त बनाउने

1.3K

भैरहवामा रास्वपा संसदीय दलकाे बैठक : भ्रष्टाचार विरुद्धकाे आन्दाेलनलाई थप ससक्त बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचार र मानव बेचबिखनकाका मुद्दाबारे गरिरहेको विरोधलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ । पार्टीको बुधबार भैरहवामा बसेको संसदीय दलको बैठकमा संसद‍्को चालु अधिवेशनमा आफ्ना सांसदले जनताको मुद्दा स्थापित गर्न भूमिका खेलेको निष्कर्षसहित भिजिट भिसा र मानव बेचबिखनमा मुद्दालाई सडक र सदनबाट सशक्त ढंगले उठाउने निर्णय गरेको हो ।
प्रमुख सचेतक सन्ताेष परियारका अनुसार बैठकमा चालु बजेट अधिवेशनमा पार्टीले खेलेको भूमिकाको समीक्षा गरिएको छ ।
पार्टीले गरेको आन्दोलनका कारण जनता आफ्ना मुद्दा रास्वपाले छाडेन भन्ने अनुभूति गरेको उहाँले दावी गर्नुभयाे ।