आगामी कात्तिक १७ गते हुने रुपन्देहीको क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले यहि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले शुक्रबार सूचना जारी गरि साउन २१ देखि २७ गतेसम्म दल दर्ताको म्याद तोकेको हो ।
२०७९ मंसिर ४ मा भएको प्रतिनीधि सभा निर्वाचनबाट निर्वाचित राप्रपाका नेता दीपक बोहोराको गत चैत १९ गते निधन भएपछि रिक्त पदमा निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गर्न लागेको हो ।
उपनिर्वाचनमा भाग लिन चाहेमा निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा दल दर्ता गराउन सक्ने सूचनामा उल्लेख गरिएको छ ।