इन्ट्रयाक्ट क्लवलाई नैतिकशिक्षा र रोटरी युथ लिडर प्रशिक्षण

1.3K

इन्ट्रयाक्ट क्लवलाई नैतिकशिक्षा र रोटरी युथ लिडर प्रशिक्षण

रोटरी क्लवअफबुटवलले आफ्नो मातृत्वमा स्थापना गरेको विभिन्न७ वटा ईन्टयाक्ट क्लवको एक साथपदस्थापन गराएको छ । सो संगै ईन्टयाक्ट क्लवमा सहभागिहरुलाई नैतिकशिक्षा र ईम्पावर रोटरी युथ लिडरको तालिम समेत प्रदान गरेको छ । नैतिकशिक्षाको वारेमा स्वामी १००८ लोकानन्दमहाराजले प्रदानगर्नु भएको हो भने युथ लिडरसिपको वारेमा रोटरीयन राजेन्द्र लम्सालले प्रशिक्षण गर्नु भएको हो ।
स्वामी १००८ लोकानन्दमहाराजले नैतिकशिक्षाले मानवजगतलाई सत्मार्गमालाग्नकालागि प्रेणा मिल्ने धारणा राखनु भयो । सोही प्रेणाको माध्यमले मानवजीवनलाई वैभवशालीबनाउन मद्दत गर्ने पनि सुनाउनु भयो । उहांले हरेक वस्तुलाई विश्वविद्यालयका रुपमाग्रहरण गर्न विद्यार्थीहरुलाई सुझाउनु भएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकीनगर उपप्रमुख सावित्राअर्यालले रोटरी क्लबअफ बुटवलले अगाडी बढाएकाईन्टयाक्ट क्लवमालाग्नेहरुको नेतृत्वविकासमामहत्व पूर्ण टेवापुग्ने धारणा राख्नु भयो । उहांले बुटवल उपमहानगरपालिकाले वालवालिका संग उपप्रमुखकार्यक्रम अगाडी बढाएको बताउर्दै गरीबी र अभावमा रहेकावालवालिकाहरुसंग पुग्नईन्टयाक्ट क्लवमालाग्नेहरुले सहयोग गर्न पनि आह्वानगर्नु भयो ।
कार्यक्रमको शुरुमै रोटरी क्लवअफबुटवलका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले कार्यक्रमको उपादयतावारे प्रकाशपार्नु भएको थियो । अध्यक्ष पराजुलीलेआफ्नै क्लवको मातृत्वका रुपमा स्थापना गरिएको ईन्टयाक्ट क्लवका विद्यार्थीहरुलाई उनिहरुको नेतृत्व विकास गरी देशका सक्षम कर्णधार बनाउनका लागि यस्ता कार्यक्रम जोडदै जाने पनि बताउनु भयो ।
विशेष गरी १२ देखि १८ वर्ष उम्मेरका विद्यालय र कलेजमा अध्ययनरत विद्याथीहरुलाईईन्टयाक्ट क्लबमा सहभागिता गराईएको रोटरी क्लव अफ बुटवलका सचिव शिवकुमार ज्ञवालीले बताउनु भयो । कार्यक्रममा रोटरीका पास्ट डिष्ट्रिक गर्भनर राजेन्द्र ध्वजु रोटरी क्लव अफ बुटवलका निवर्तमान अध्यक्ष प्रज्ज्वल थान्जु, पूर्व अध्यक्षहरु पदाधिकारी र सदस्यहरुको उललेख्य सहभागिता रहेको युथ चियर संयोजक डीआर पन्थीले बताउनु भयो ।