आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा हुन गईरहेकाे प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुन चाहना राखेकाहरुकाे नाम सार्वजनिक गरिएकाे छ ।
रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले यही साउन ५ गते उम्मेद्वार हुन चाहेका पार्टी सदस्यलाई आवेदन दिन आह्वान गरेकाे थियाे ।
साेही अनुसार बुटवल १६ का सुलभ खरेल, सिद्धार्थनगर ७ पार्थिवेन्द्र उपाध्याय, सिद्धार्थनगर ८ का लेखजङ्ग थापा, सिद्धार्थनगर ९ कि ज्ञानु पाैडेल, सिद्धार्थनगर १ का जीत बहादुर गुप्ता, मध्यमपुर ठिमी ६ भक्तपुरका कुसुम महर्जन, सिद्धार्थनगर ३ कि रचना क्षेत्री, सिद्धार्थनगर ८ की पुनमकुमारी अग्रवाल र पार्टीका क्षेत्रीय सभापति समेत रहेका बुटवल १७ का मधुप्रसाद अर्यालले आवेदन उम्मेद्वार हुन ईच्छा व्यक्त गर्दै आवेदन दिएकाे साे पार्टीले जनाएकाे छ ।
